लागु औषध ब्राउनसुगर सहित १ जना पक्राउ

आज मिति २०७४।०४।१५ गते क्षेत्रीय अनुसन्धान समुह (RIT) सु.प.को टोलीले बिषेश सुचनाको आधारमा जिल्ला कैलाली गौरीगंगा नगरपालीका वडा नं ५ बस्ने बर्ष २४ को लक्की भन्ने लाल बहादुर साउँदलाई ऐ. गोदावरी नगरपालीका वडा नं. २ स्थित अत्तरीया बजारमा निजलाई चेकजाँच गर्दा निजको साथबाट सेतो प्लाष्टिकले बेरेको पोकामा अं. १०० ग्राम ब्राउनसुगर फेला परेको र उक्त लागुऔषध ब्राउनसुगर सहित निजलाई आवश्यक कारबाहीको लागी ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीमा बुझाएको छ । उक्त कार्यमा संलग्न अन्य व्यक्तिहरुको बारेमा थप अनुसन्धान कार्य जारी रहेको छ ।